भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गाउँमा कविताहरू १५ / रेमिका थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

देउरालीमा चढाइराखेको
इन्द्रकमलको फुल ।

साउन आउँछ गाउँमा
रिमझिम थोपाहरूसँग
रङ्गीन बादलहरू ।

मनको हरियो पाखामा
सुनौलो इन्द्रेणी खसेपछि
लहरापातका झुलामा झुलेर
भुराभुरीहरू मच्चिएपछि।

कसले खिँचेको यो आनन्दको विराट् तैलचित्र ?

दृश्यहरूको यो अथाह सुगन्धमा
गाउँ डुबेपछि
नहेरिबस्न गाह्रो हुन्छ
देउरालीमा चढाइराखेको
इन्द्रकमलको फुल !