गाउँ दु:खमा छ
अरुले गरिखान नसक्ने नामर्द 
भनी गाली गर्छन्। 
जमानाले बुझेको भए गाउँमा पौरखीहरूको व्यापक गोष्ठी बस्छ।
चियाको बुट्टामा कुलैनको गाछमा
बजार पातमा अड्डामा 
मैदान मैदानमा
पौरखीहरूको पाखुरी चल्छ।
गाउँबाटै देश चल्छ
गाउँकै पौरख खान्छ देशले !
जमानाले बुझेको भए 
गाउँको पौरख ।
घरको कमाउने छोराजस्तो 
गाउँ अहिले सोँचमा छ !