भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
गाउँमा कविताहरू ६ / रेमिका थापा
Kavita Kosh से
गाउँलाई फुर्सद छैन ।
आफ्ना बालबच्चाहरू स्कूल पठाएर
आफू एउटा युद्धस्तरीय जिन्दगीको किताब पढ्दैछ
जमानाको पाठशालामा आफ्ना बालबच्चाहरू
के पढ्दैछन् ?
बजारले तात्तातो किताबहरूका
नयाँ नयाँ संस्करण उनीहरूको हात हातमा हालिदिएको छ
आफल ताफल !
गाउँ सोँचमा छ
आत्मविश्वास हराएजस्तो
उ पुरानो मोडलको आदिम संसार हुन्छ
लक्स शैम्पुले धुएको केसजस्तो
सुकिलो र चम्किलो किन छैन गाउँ ?
आफ्ना बालबच्चाहरू भने
घोकिरहन्छन्,
सत्य भनेको हमाम साबुन हो !
सत्य भनेको हमाम साबुन हो !