भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गुरासका बगैंचा र लालित्यका चित्रहरू / विष्णु न्यौपाने

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


हजारौं अन्तर—आभाहरूको तरङ्ग भित्र
अन्तर्भूत ज्योत्स्नाहरूको प्रस्फुटन भित्र
हाँसिरहेछ सार्वभौम आकास ,
सर्वरुप स्पन्दनहरूको भित्र भित्र आभास ,
अनन्त सुवासको मेरो लालीगुराँस ।

गगन चुमेर नयन खोल्दै
हुइँकिरहेछन् हुल हुल दर्शनधामका मानव यात्रीहरू
नाचिरहेछन् कोटीकोटी प्यासीहृदयहरू ,
शैल निवासी शक्ति स्वरुपा झैं
देवत्व आस्थाको अर्चना गर्न
अंगाल्न, चुम्न शिखर सहेंली,
अन्तस्करणकी रक्तरागिनी
तीनजुरे, मिल्केको भिन्न आभास
अक्षुण्ण प्रभावको मेरो लालीगुराँस

यो नन्दन बन, यो अशोक बाटिका
अमरावतीको सौन्दर्यपूर्ण स्थल
ऐरावत , मेघपुष्प वा उस्चैश्रवामा सवार
त्रिपुरारी, मुरारी, खरारीहरू
रम्भा, द्रौपदी र कुन्तीहरू
अश्वमेध वा दक्षयज्ञमा चढाउन
संसारै ढाकेर फक्रिएका कौस्तुभ मणीहरू टिप्न
उक्लँदै खोजिरहेछन् मन्दराचलको वास
अमूल्य आभासको मेरो लालीगुसाँस

शृङ्गारपूर्ण षोडशी नयन विच्छ्याउँदै
मुस्कुराइरहेछन् चोेयु , मकालु र कन्चन्जङ्घाहरू
मिल्के, जल्जले र तीनजुरेको सुवासमा
अपनत्व कुँदिएका दृष्टिहरू
दौडिरहेछन् प्रत्येक मनहरूभित्र
वा ! तीनजुरे मिल्के
वा ! लालीगुराँस
वा ! मेरो लालीगुसाँस