भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

घाउजस्तै चहर्यानइरहेछ घाउ / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

 
अश्रुसिक्त मनमझेरीमा
वेदना गाइरहेछ समय
आफू अघि बढ्ने उत्कण्ठामा मान्छे
मान्छेकै घाँटी अँठ्याइरहेछ
साँच्चै आज घाउ
घाउजस्तै चहर्याअइरहेछ।
 
प्रतिबन्धितझैँ भावनाहरू
तँछाडमछाड गरिरहेछन् छातीभरि
उन्मुक्तिका गोरेटाहरूमा घोर्ले स्याल गाइरहेछ
साँच्चै आज घाउ
घाउजस्तै चहर्याेइरहेछ।
 
गिट्ठाभ्याकुरको अभावमा
कोकोहोलो मच्चाइरहेछ भोक
बाँध भत्काएर आँखाको उर्लिरहेछ अश्रुभेल
थाहा छैन जोडी परेवा
कुन कल्पनामा शान्ति गाइरहेछ
साँच्चै आज घाउ
घाउजस्तै चहर्यााइरहेछ।
 
युद्ध विभीषिकाले सन्त्रस्त मन
थाहै नपाई हतियार समात्न पुगेको बेला
केही बुद्धप्रेमी हातहरू
विजयश्रीको रातो टीका लगाइदिन आतुर छन्
छातीमा पाइला बजार्दै बुज्रुक समूह
मनविचरणमा निस्केको बेला
भैगो नबिसाऊ उपदेशका भारीहरू
मान्छेले समय छलेको विभ्रममा
समयले मान्छे छल्न पाइरहेछ
साँच्चै आज घाउ पनि
घाउजस्तै चहर्यापइरहेछ।