भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
चट्याङ् /अन्ना आख्मातोभा / सुमन पोखरेल
Kavita Kosh से
					
										
					
					चट्याङ् परेको सुन्नेछौ तिमीले
र मलाई सम्झिनेछौ।
 
सोच्नेछौ, 
'त्यसले आँधीनै चाहेकी थिई'।
 
आकाशलाई बाँध्नेछ, एउटा रक्तिम घेरोले
र पहिलेकै जसरी
फेरि जल्नेछ तिम्रो हृदय।
 
यस्तो भएरै छाड्नेछ, त्यस दिन मास्कोमा।
जुन क्षण
सदाका लागि बिदा लिनेछु म,
र उक्लनेछु
वर्षौँदेखि उक्लिन चाहेको उचाइ, 
मेरो छायालाई छाडेर तिमीसँगै।
	
	