भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

छातीभित्र मुटु हुन्छ / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

छातीभित्र मुटु हुन्छ मुटुभित्र घाउ
जति आँसु झारे पनि सस्तै हुने भाउ
 
उकाली र ओराली को यात्रा धेरै गाह्रो हुन्छ
बगरको ढुङ्गाजस्तो मन धेरै साह्रो हुन्छ
पग्लिदैन वेदनाले मुटु जति गाले पनि
पातहरू बटुलेर पतझड मा बाले पनि
छालहरू उठ्दै जाँदा डुब्दै जान्छ नाउ
जति आँसु झारे पनि सस्तै हुने भाउ
 
 पर्खिबस्ने दोबाटोको मन धेरै कुँढिएछ
विश्वासमा बाँधिएको धागो पनि चुँडिएछ
जोडिँदैन पत्थरका दुई टुक्रा जोडे पनि
तोडिँदैन मनको नाता भेटघाटै छोडे पनि
समयले निको पार्छ भन्थेँ मनको घाउ
जति आँसु झारे पनि सस्तै हुने भाउ