छोरो तँ सबै जस्तो हुनू म जस्तो नहुनू 
संसारलाई फाँडेर हिँड्नू बसेर नरुनू 
कोमल मनले यो संसारमा आँसु नै पाउँदछ 
फूलको मुस्कान छल गरी यहाँ हुरी नै ल्याउँदछ 
तँ काँडा हुनू तँ भाला हुनू नौनी तँ नहुनू 
कहीँ फूल देखे कुल्चेर हिँडनू मायाले नछुनू 
ढिटलाई आदर षठलाई श्रद्धा यहाँको रीत हो 
होइन्छ पूज्य जे हुँदा खेरी त्यही हुनु जीत हो 
तँ साँढे हुनू तँ गधा हुनू मान्छे तँ नहुनू 
अटेरी हुनू तँ मूर्ख हुनू बुद्धिलाई नछुनू