भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जसै म फुल्छु प्रेममा / नवराज लम्साल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


जसै म फुल्छु प्रेममा त्यहाँ त बैंस खुल्छ रे
जवान जोश होशको इमान फूल फुल्छ रे

हतार बन्छ जिन्दगी तनाव बढ्छ सुस्तरी
पवित्र मित्र फूलमा अमूल्य मूल्य झुल्छ रे

नशा-नशा तरङ्गमा भरेर रङ्ग रागिनी
जहाँ छ प्रेम प्रेमझैं उहीं त सत्य झुल्छ रे

खुलेर बोल हे हवा नबोल झूट कैं कतै
म जित्छु युद्ध भन्दिन तथापि आँट डुल्छ रे

सफा छ मित्रता भने सफा छ दृष्टि नेत्रको
महान बन्न तम्सने हिमाल लाख खुल्छ रे