भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ज़ाक प्रेवेर / परिचय

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

ज़ाक प्रेवेर - परिचय

नेपालीमा

ज्याक प्रिभेरको जन्म ४ फेब्रुवरी सन्‌ १९०० फ्रान्सको नोई स्यू सेनमा भएको थियो र उनी पेरिसमा हुर्किएका थिए।

प्रिभेरले स्कूलको पढाइ सकेपछि कलेज पढ्दापढ्दै सन्‌ १९१५ मा पढाइ छाडे र एउटा डिपार्टमेन्टल स्टोरमा काम गर्न थाले।सन्‌ १९२० मा उनी फ्रान्सिसी सेनामा आबद्ध भई टर्की गए।

उनी सन्‌ १९२५ मा आन्द्रे ब्रेटन तथा लुइस अर्गोन संलग्न रहेको यथार्थवादीहरूको समूहमा आबद्ध भए।ब्रेटनले पेशा तथा चरित्रका कारण भन्ने निहूँ बनाएर उनलाई सन्‌ १९३० मा समूहबाट बर्खास्त गरे।प्रिभेरले ब्रेटनलाई ब्यङ्ग्य गरेर 'ला मोह डँ ओम्मा' (एउटा भद्र पुरुषको मृत्यु) शीर्षको कविता लेखे।त्यसै वर्ष उनको पहिलो कविता प्रकाशित भयो।

तीसको दशकमा प्रिभेर नाटक कम्पनी 'ले ग्रुप अक्तबअ' (अक्टोबर समूह) मा आबद्ध भए र अनेकौँ नाटक तथा सिनेमाका पटकथा र गीतहरू लेखे।उनले पहिलो कवितासङ्ग्रह 'पाहोल्स' (शब्दहरू) सन्‌ १९४५ मा प्रकाशित गराए।उक्त कृति उत्कृष्ट रचनाका रूपमा सर्वत्र प्रशंसित भयो र पाँच लाख प्रति बिक्री भयो।फ्रान्सको इतिहासमा कुनै पुस्तक त्यति धेरै सङ्ख्यामा बिक्री भएको त्यो पहिलो अवसर थियो।त्यस पश्चात्‌ प्रेभरले 'स्पेक्ताक्ल' (परिदृष्य), 'ला प्लुइ इ ले बो तम' (वर्षा र मनोहर मौषम) लगायतका चौधवटा सङ्ग्रहहरू प्रकाशित गराए।

ज्याक प्रिभेरका कवितामा पेरिस तथा दोश्रो विश्वयुद्धपछिका अवस्थाहरूको चित्रण पाइन्छ।उनका कतिपय कविताहरू विभिन्न सङ्गीतकारहरूद्वारा सङ्गीतबद्ध भएर गायिका म्यारियान अज्वाडलगायत अन्य प्रसिद्ध गायकहरूद्वारा गाइएका छन्‌।

प्रिभेरले सन्‌ १९२५ मा आफ्नी साथी सिमन दायन्नीसँग विवाह गरे।

फोक्सोको क्यान्सरका कारण ज्याक प्रिभेरको ११ अप्रिल सन्‌ १९७७ मा फ्रान्सको ओमोनभिल्ल ला पुतितमा मृत्यु भयो।मृत्यु पश्चात्‌ उनका दुईवटा कवितासङ्ग्रहहरू प्रकाशित भए।