ऐनामा हेर्दै छु 
जीवन
व्यर्थै किन रोप्छौ 
काँचका टुक्राहरू 
मुटुमा
फूलमा हेर्दै छु 
अनुहार
व्यर्थै किन उखेल्छौ 
बोट
जमिनबाट
पानीमा खोज्दै छु 
गति
व्यर्थै ढाकेर लहरहरूले 
किन खोस्छौ
सपना
जीवन त्यति सस्तो छैन 
व्यर्थै किन टाढिन्छौ 
आफैबाट
म
जीवनको गति खोज्दै छु 
व्यर्थै नरोप बाटामा 
काँडाहरू ।