जीवनको  हरपलमा  हाँसी  बाँचेको  छु
दुखाइ मै आनन्द छ, दुःखी  बाँचेको  छु
मैले गर्या खै के थियो, तिमीले गर्या माया
प्रेमको मिठास  चाहिँदैन,  घाउ दिए हुन्छ
मेरो पीडा  तिम्रा लागि  खुसी बन्छ  भने
नसोधी नै तिमीले मलाई  चोट  दिए हुन्छ
कसलाई पो सुनाउनु र, मनको  चित्तदसा
कुन  व्यथाले मातेर  म कहाँ  पुगेको छु
चोटहरू  पर्खिरहेछन्  मलाई  जहाँ  पनि
मेरो  ठाउँ  त्यहीँ  लाग्छ, जहाँ पुगेको छु