Last modified on 16 जुलाई 2017, at 08:51

जीवनमा जब निस्तब्ध रात हुन्छ / राजेश्वर रेग्मी


जीवनमा जब निस्तब्ध रात हुन्छ
आँखामा अनवरत् बरसात् हुन्छ

तिमीलाई झुक्याएको पनि हुनसक्छ
माया कहीँ सित्तैको सौगात हुन्छ

आफ्नो मोल आफैं के लगाउनु र ?
तिम्रो, हाम्रो त निर्झर पात हुन्छ ।

नगर तिमी अभियोगमा मुछिने कुरा
त्यसमा ठूलाठालूको हात हुन्छ
उठ्नुपर्छ, समाउन कोही आउदैनन्
लडाउने पो मान्छेको जात हुन्छ