भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जोख-तौल / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


तीनचतुर्थाश नङ्गा झुत्रे
माग्नेसित आफ्नो भलवस्त्र
साटासाट गरी सडकमा
 
सधैभरी नसुतीकनै*
केवल स्फटिकको धर्केअंशको
भरमा परेर जाडो गर्मी
कसले ठीक-ठीक जान्न सक्यो ?

सुख फुकाली भूईमा फाली
सबको दुःखको लाश स्वयं
बेसाई
आफ्नो काँधमा हाली
भोकभोकै दौडधुप नगर्नेले
जोख्ने कलको भरले मात्रै
कसले कहिले दुःख तौल्न सक्यो ?
 
स्वार्थी भाते आात्मा बेचेको
दासानुदासको जुत्ताको कीला
पुर्पुरोमा घुस्तासमेत
शिरलाई झुक्नै नदिईकन
अपमानको गहीरो छापा
कसले एक एक पढ्न सक्यो ?

हो, हद्द मीठो खाना,
हद्द राम्रो नाना इत्यादि
सुखभोगका साधन त मानिस
अध्यारैमा कति बटुल्न सक्छ,
तर निरपेक्ष र निर्भय निस्पृह भै
समस्त लोकहितको निम्ति
स्वार्थलाई बलिदान नदिई
सत्य मानवधर्मलाई
कसले घाममा राख्न सक्यो !

साहित्यस्रोत, ३।१, आषाढ २००६