Last modified on 19 मई 2020, at 14:14

झन् पर पर सर्दैछ दाजै शान्तिको सिरानी / गीता त्रिपाठी

बहिनी

झन् पर पर सर्दैछ दाजै शान्तिको सिरानी
अँध्यारोभित्र अल्पेर आफ्नै छाया भो बिरानी
 
हरेक साँझ प्रलय हुन्छ भत्किन्छ विश्वास
गुम्सिन्छ घाउ, व्यथाले पोल्छ छातीको उच्छ्वास
चुँढिन्छ पलपल ओठको हाँसो निष्ठुर छ समय
कसरी बाँच्ला पूर्वको घाम उज्यालै नभए
 
कट्कटी खान्छ, मुटुको पीडा मुटुमै पाक्दछ
मृत्युले कतै नजिकबाट हेरेझैँ लाग्दछ
कसरी सुक्यो पसिना फुल्ने मधुर जागृति
म धैर्यशीला जोड्दैछु दाजै कर्मको आकृति ।