भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

झीरमा उनिनु त्यो एउटा कुरा / राजेन्द्र थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

झीरमा उनिनु त्यो एउटा कुरा
पीरमा उनिनु त्यो एउटा कुरा
नभिज्ने आँखा कसको छ र
तर झर्नु नझर्नु त्यो अर्कै कुरा

मैले कहाँ भनेँ र पिरै पिर भो भनेर
तल तल खस्दा भिरै भिर भो भनेर
कराएरै जन्मेँ चुपचाप मरूँला
जतिसुकै खेलोस् मनमा कुरा

भाग्य कहाँ खसेर अन्धकार नै भएछ
झुकी झुकी बोल्दा अहंकार भैगएछ
हराएरै गए चुपचाप बसूँला
जतिसुकै खेलोस् मनमा कुरा