भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

टाढा टाढा जानु छ साथी / बच्चु कैलाश

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

टाढा टाढा, जानु छ साथी, एकफेर हाँसिदेऊ
छुटिसकेको मायालाई साथी एकफेर गाँसिदेऊ

यो फूलबारी उजाडिएला, केही छिन बसेथ्यौ
बहानै सही आँखामा आँसु, लिएर रोएथ्यौ

कहीँ गएर अल्मल्लिएर, भूलेर बसौँला
कहिले काहीँ सम्झना आए, रोएर टारौँला