भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

ट्रयांकुलाइजरको समाधिबाट २/ सन्तोष थेबे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आज साथीहरु छैनन्
साथीहरुको हल्ला पनि छैन
साथीहरुको गन्धसम्म पनि छैन
नत्र
नाटकको बहस हुन्थ्यो
नेताको बहस हुन्थ्यो
सिनेमाको बहस हुन्थ्यो
उनीहरुको आफ्नो कथित ‘इगो’ को बहस हुन्थ्यो
नत्र
उधारो रक्सीले मातेर
उधारो खुशीले मातेर
उधारो सपनालो मातेर
कालो–कालो हुँदै गएको उनीहरुको आफ्नो भविष्यको बहस हुन्थ्यो

आज साथीहरु कहिं छैनन्
भानुचौक,
भौडीचौक,
छाताचौक
कतैपनि साथीहरु छैनन्
कतैपनि साथीहरुको हल्ला पनि छैन ।

भौडीचौक
आज किन किन नरमाइलो नीरस छ
सधैं साथीहरु हल्ला गरेर बस्ने
सधैं साथीहरु तरुनी जिस्क्याएर बस्ने
सधैं साथीहरु मात लागेर बस्ने
सधंै साथीहरु एकहूल भएर बस्ने
भनौं साथीहरुको सुखदुःखको चौतारो बिसाउनी
न दिनु छ
न लिनु छ
न आशा छ
न भरोसा छ
त्यही नहुनुमा मधुरो चीसो साँगुरी छ
त्यही नहुनुमा फुस्स फुस्स उड्ने हुस्सूको टुक्रा छ
छेउमा शीतले छ्याप्प भिजेको
तितेपाती छ
कालीझार छ,
ऐंसेलु छ,
मेटिंदै गएका पाइतालाहरु छन्
बस् !

यसले रोजगार पढेको छैन
यसैले यो मजस्तै दुःखी छ र दरिद्र छ
चाडबाडको बेलामा पनि यसलाई गोजीमा एक रुपेले सताउने गर्छ
सायद यहाँ यी गनाउँदाहरु यसरी नै जीवन बाँच्न पाऊँ भनेर ईष्टदेवलाई प्राथना गर्दा हुन् ।

आज साथीहरु छैनन्
साथीहरुको हल्ला पनि छैन
साथीहरुको गन्धसम्म पनि छैन
आज म साथीहरु गुमाउनुको कृत्रिम समवेदना कल्पिरहेछु
यसरी
सहरबाट रक्सी नखाई
साथीहरुसँग बहस नगरी
केवल उधारो चुरोटको धुँवा उडाउँदै
केवल उधारो जीवनको साँवा चुकाउँदै
मबाट आततायी भएका
मबाट निर्वासित भएका
मेरा अवैध स्वास्नीहरु सम्झन्छु
मेरा भू. पु. तरुनीहरु सम्झन्छु
बरु नसम्झिनु
सम्झना त बिषालु काँडा हो
बिचराहरु
झुक्किएकोमा कति धिक्कार्दा हुन्
लुटिएकोमा कति सराप्दा हुन्
आपूm ठगिएकोमा
आपूm लुटिएकोमा
मेरो पतन होस् भनेर आफ्नो इष्टदेवसँग कति प्राथना गर्दा हुन्
चुरोटको मात हो,
या सम्झनाको बिषालु मात
या पछुतोको कालो धुवाँ
एक्कासी रिङ्गटा चल्छ
सायद म जीवनमा पहिलोचोटि यति निरिह र कमजोर भएर
आपूmले फर्किएर हेर्दैछु हिँडेका पाइलाहरु
नजिक कतै देवस्थलहरुमा विश्राम खोजिरहेछु ।

आज साथीहरु छैनन्
साथीहरुको हल्ला पनि छैन
साथीहरुको गन्धसम्म पनि छैन
आज म साथीहरु गुमाउनुको अस्पृश्य समवेदना बाँचिरहेछु
यसरी
मनभरि आत्मालोचना उमारेर
आँखाभरि पछुतो बोकेर
चिहानको बाटो भएर घर फर्कनु
चिहानको मौनता तोडेर वास बस्नु
एक बाल्टी पानी जीउमा खन्याउनु

आँगनमा एउटा किताब लिएर बस्नु
समुद्रपारी डुब्दै गरेको सूर्य हेर्नु
चिहानमा अल्झेका घामका छायाँहरु
किन–किन मलाई
आफूले हिँडेका पाइतलाका छापहरुमाथि शङ्का लाग्न थालेको छ
आफूले बुनेका सपनाका चाङहरुमाथि त्रास लाग्न थालेको छ
केको पीडा हो यो ?
के को बोझ हो यो ?
अचम्म लाग्छ—
सूर्यास्तका राता रङहरु किन आँखामा त्रास बन्छ ?

रमेशको दोकान,
साथीहरुको प्रिय मित्र रमेशको दोकान
आज अचानक बन्द छ
सायद साथीहरु
कतै गएर रमेशको दोकान भोलि खुलोस् भनेर ईष्टदेवलाई प्राथना गर्दै होलान् ।

आज साथीहरु छैनन्
साथीहरुको हल्ला पनि छैन
साथीहरुको गन्धसम्म पनि छैन
आज म साथीहरु गुमाउनुको गहिरो समवेदना सोचिरहेछु
म अहिले करिब नतमस्तक भएर उभिएको छु
छेउको पान दोकानमा गएर
एक टुक्रा उधारो हाँस्दै
एक खिल्ली उधारो चुरोट माँग्दै
साथीहरु गुमाउनु र आपूm एक्लिनुलाई अतिरञ्जनाले आत्मसात गरिरहेको छु
बिचरा पानदोकाने अमिलो हाँस्दै एक खिल्ली उधारो चुरोट दिन्छ
सायद पानदोकाने यहि सोँच्दो होला—
यो भनाउँदो कवि हो
यो भनाउँदो कलाकार हो
यो भनाउँदो बुजु्रक हो
यो किताब पढेर मातेको छ,
यो अहम् पालेर फुलेको छ,
यसले पसिना सिँचेर पैसा रोप्न जानेको छैन
यसले आँखा अगाडिको भ्रमको पर्दा च्यातेर
परेवाको खोरमा मलाई देखेको छैन
दुईमनको भारीले थिचेको मान्छे देखेको छैन
यो बेरोजगार छ
यसले रोजगार पढेको छैन
यसैले यो मजस्तै दुःखी छ र दरिद्र छ
चाडवाडको बेलामा पनि यसलाई गोजीमा एक रुपेले सताउने गर्छ
सायद यहाँ यी भनाउँदाहरु यसरी नै जीवन बाँच्न पाऊँ भनेर इष्टदेवलाई प्राथना गर्दा हुन्

आज साथीहरु छैनन्
साथीहरुको हल्ला पनि छैन
साथीहरुको गन्धसम्म पनि छैन
आज म साथीहरु गुमाउनुको कृत्रिम समवेदना कल्पिरहेछु
यसरी
शहरबाट रक्सी नखाई
साथीहरुसँग बहस नगरी
केवल उधारो चुरोटको धुँवा उडाउँदै
केवल उधारो जीवनको साँवा चुकाउँदै
मबाट आततायी भएका
मेरा अवैध स्वास्नीहरु सम्झन्छु
मेरा भू. पु. तरुनीहरु सम्झन्छु
बरु नसम्झिनु
सम्झना त बिषालु काँडा हो
बिचराहरु
झुक्किएकोमा कति धिक्कार्दा हुन् ?
लुटिएकोमा कति सराप्दा हुन् ?
आफू ठगिएकोमा
आफू लुटिएकोमा
मेरो पतन होस् भनेर आफ्नो इष्टदेवसँग कति प्राथना गर्दा हुन्
चुरोटको मात हो,
या सम्झनाको विषालु मात
या पछुतोको कालो धुँवा ?
एक्कासी रिङ्गटा चल्छ
सायद म जीवनमा पहिलोचोटी यति निरिह र कमजोर भएर
आफूले फर्र्किएर हेर्दैछु
हिँडेका पाइलाहरु
नजिक कतै देवस्थलहरुमा विश्राम खोजिरहेछु ।

आज साथीहरु छैनन्
साथीहरुको हल्ला पनि छैन
साथीहरुको गन्धसम्म पनि छैन
आज म साथीहरु गुमाउनुको अस्पृश्य समवेदना बाँचिरहेछु
यसरी
मनभरि आत्मालोचना उमारेर
आँखाभरि पछुतो बोकेर
चिहानको बाटो भएर घर फर्कनु
चिहानको मौनता तोडेर वास बस्नु
एक बाल्टी पानी जीउमा खन्याउनु

आँगनमा एउटा किताब लिएर बस्नु
समुंद्रपारी डुब्दै गरेको सूर्य हेर्नु
चिहानमा अल्झेका घामका छायाहरु
किन किन मलाई
आफूले हिँडेका पाइतालाका छापहरुमाथि शंका लाग्न थालेको छ
आफूले बुनेका सपनाका चाङहरुमाथि त्रास लाग्न थालेको छ,
के को पीडा हो यो ?
के को बोझ हो यो ?
अचम्म लाग्छ —
सूर्यास्तको रातो रङ्गहरु किन आँखामा त्रास बन्छ ?
चिहानको मौनता किन मनमा कोलाहल मच्चाउँछ ?
सायद मैले
जीवनमा पहिलोचोटि समुंद्रमा डुब्दै गरेको घामका बुढा
रङ्गहरुले अँध्यारोमा रङ्गिदै गरेको चिहानसँग
पीडाको पहाड उक्लेर
चेतनाको बिर्को खोलेर
मुटु गाँठो पारेर आत्मसात गरेको छु ।

गाउँका आदिम सडकहरु
गाउँका आदिम बस्तीहरु
गाउँका आदिम मान्छेहरु
प्रत्येक दिन
प्रत्येक साँझ
सूर्यास्त पछि
भोलि सूर्योदय होस् भनेर
देवीथानमा गएर कुनै निरिह प्राणीलाई निर्ममताका साथ बली दिन्छन्
यतिखेर म सगरमाथाको जंगलमा बाटो बिराउँछु
यतिखेर कुनै चीसो हिममानवले अठ्याउँछ
म अपसगुनको संकेत पाउँछु
साथीहरु नहुनु
रमेशको दोकान बन्द हुनु
उधारो चुरोट खानु
म खतरै खतराको संकेत पाउँछु
मलाई मृत्युको आभास हुन्छ
मैले नचाहेर पनि निरर्थक मर्नुपर्छ
यतै कतै मेरो करुण रहस्य मृत्यु भइसकेको रहेछ ।

यसरी नै दिन प्रतिदिन
मेरो पतन हन्छ
मेरो आत्मसाथ हुन्छ
मेरो प्राथना हुन्छ
मेरो हत्या हुन्छ
र मेरो मृत्यु हन्छ
यसरी म आफ्नो जीवनको नियमवद्धतालाई आत्मसात गरिरहेछु
तर म उधारो रक्सीमा रमाउँदा
तर म उधारो चुरोटको धुँवामा हराउँदा
मेरो लामो आयू रेखाको स्वाभाविक मृत्युको प्रतिक्षा गर्छु
म मेरो मृत्युसँग एकचोटी आत्मसात गर्न
म मेरो मृत्युसँग एकचोटी दुःखसुखको गफ गर्न
म मेरो मृत्युसँग एकचोटी पूनर्जन्म हेर्न
आफ्नो चिहानको माटो किन्दैछु
कामदार लगाएर चिहान खन्दैछु
आफूलाई सुरक्षित गाड्न
आफूभित्र !
देखेको छु, मान्छेहरु आजकल चिहानभित्र आरामसँग कुहिन पनि पाउँदैनन्
म चाहन्छु, कम से कम मेरो निरर्थक मृत्यु सार्थक मृत्यु जस्तो होस् ।

सायद
साथीहरु नहुँदा
रमेशको दोकान बन्द हुँदा
नमातिँदा
होश नहराउँदा
भनौँ
उधारो रक्सी खान नपाउँदा
गाउ, शहर, चिहान
अबिर, माला, रंगीचंगी पूmलहरु लिएर
पोस्टर, पम्पलेट, रंगीचंगी तुलहरु लिएर
मैले नचाहेको निरर्थक मृत्युको समवेदना बोकिरहेको हुन्छ
मैले नचाहेको निरर्थक दीघार्युको कामना गरिरहेको हुन्छ
यसरी मेरो अन्त्य भएछ क्यारः
मथिङ्गलबाट चेतनाको उज्यालो बत्ती यतै कतै निभेछ क्यार !

यो सहश्राब्दीको पहिलो मिर्मिरे हो
भालेहरु अघि नै बासी सके
केही समयपछि
चम्किलो घाम उदाउनेछ
र एउटा नयाँ चेतनाको ‘दियो’ बल्नेछ
त्यतिखेर मलाई मेरो पूर्वजन्मको आभास हुनेछ
त्यतिखेर मलाई मेरो बुद्ध पर्खिरहेको हुनेछ

रमेशको दोकान बन्द गरेर
मैले नभेटाएका साथीहरु
मानसिक अस्पतालको एउटा कोठामा जम्मा भएका छन् ।