भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

डाक रोकियोः डाक खुल्यो / कुलमणि देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

डाक रोकियो,
दक्षिणतिरको डाक रोकियो !
कहाँ रोकियो? कहाँ रोकियो ?
भैरहवामा के० आइ० सिले तोड्यो जेल, फोड्यो जेल !
सुनिन्छ अड्डा कब्जा सारा मालगड्डाबाहेक
भारत जाने यात्रीहरूल तोड्यो रे पूल !
दुइतिरबाटै गोली-वर्षा पान्थ मरे रे दुइ-एक !
निकट बगैचा विशाल –
उसमा टाँगी पाल
दाढी-खौरा के, आइ, सिले गर्दछ आफ्नो राज।।
मोटर-सोटर बन्दाबन्दी, पूल तोड्यो रे पूल !
जान यात्रीहरूको बुटौलमा ठेलमठेल !
म हुँ एक अकिञ्चन साहित्यिक ।
मेरा भोजन पत्र-पत्रिका, चिठी-चपेटा चटनी,
दैनिक अखवार लुगा,
कविता मुख्य छ खाना, पालोचना पान-सुपारी,
घटना मुख्य चुरोट !
अब म मरें, म मरें, डाँक रोकियो,,
दक्षिणतिरको डाँक रोकियो !
कहाँ रोकियो ? कहाँ रोकियो ?

म त साहित्यिक, न राजनैतिक,
म न जान्दछु वादहरूका कुश्ताकुश्ती,
झन्डाहरूका न अभिप्राय, न राजनैतिक सिद्धान्त !
लड, लड, भिड, भिड, ए नेताहो !
बन राजा, महाराज, अधिराज, छैन मलाई केही वास्ता !
सत्यहरूले जित जनता अनि अन्याय र अत्याचार,
लड, लड, लड्नैपर्दछ, खूब लड,
सत्य प्रतिष्ठित पार्नु जगत्मा आत्यावश्यक ।
व्यक्तिहरूका हार जीतमा हाँस्तिन, हाँस्तिनँ रुन्न, रुन्न म,,
छैन मलाई केही वास्ता !
तर रुन्छु म सत्य मरी असत्य बाँचे
तर हाँस्छु म असत्य मरी सत्य बाँचे ।
यदि सत्य मरेर मलाई रुनुपरोस्,
देऊ मलाई मेरा भोजन,
रुन सकुँला पेटभरी,
यदि असत्य मरेर मलाई हाँस्नु परास्
देऊ मलाई मेरा भोजन,,
हाँस्न सकुला पेटभरी ।
यस कारण हे युग-निर्माता हो,
डाँक रोकियो, दक्षिणतिरको डाँक रोकियो !
डाँक नरोक, नरोक अरे !
दक्षिणतिरको डाँक खुल्यो ! डॉक खुल्यो,
शक्ति बाजे मुस्कुराए,
डाँक आयो, खडेरीका बाद हरियाली कि छायो !
डा. महेन्द्र श्याम मानुष,
मुस्कुराएका कि जस्ता छैन जस्ता,
'ससार’-का, '’आज’- का 'आवाज'-- का
क्याँट बोकी हेर आए,
बासी खबरलाई पनि ताजा बनाए !
उतातिर,
पत्रका औ पत्रिकाका औ चिठ्ठीका
रास बोकी हल्कारा आइरहेका,
मानों कुनै साहित्यदेव गम्भीरताका साथ,
हामीहरूले भेट्न पायौं मक्खनसडकका पास ।
खडिखडा भै बिन्न थालेको चिठ्ठीका रास मागी
वृषवहादुर एन्ड सन्स्
टीकाबहादुर प्रथम श्रेणी पास
श्री
फौ मणिध्वज मास्केजी द्वितीय श्रेणी पास ।
'आज'- मा दुई-एक
के.. आइ.. सिंका केही खबर-
जेल तोडेको, बगैंचामा राज गरेको,
जेल तोडेको रहस्योद्घाटन ।
एक-
गृह-सचिव विज्ञप्ति मानी महलका पर्खाल छाँट्ने
आदिगुरका पोस्टमा 'शेर' काटी 'सम' बनेका
पूराना शेक्सपीयर नव नवल नेपालका श्रीबालकृष्ण ।
दुइ-
फ्रान्स औ आयर्ल्यान्डका विद्वान्हरूले
बहुत चोटि शोध गर्दै छापिएको अक्सफोर्ड इंग्लिश डिक्शनरीको
२१८ ओटा शब्द काटी 'शेर' बनेका
शेक्सपीयर-दाजु नव नेपालका श्रीपुष्करशमशेर ।
यी खबर दुइटा थिए 'आवाज'-मा।
एक सानो यो छ है अफसोस,
छैन केही 'संसार'-मा ।
तर छ ठूलो यही हर्ष
डाक खुल्यो !
दक्षिणतिरको डाक खुल्यो !

................................................
भारती ३।३, भदौ २००८