भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ढुङ्गाले सुन्दैन / सानु शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

ढुङ्गाले सुन्दैन, सागरले बुझ्दैन
मभित्रको तापले कसैलाई पोल्दैन

मनलाई उघारेर चिच्याउन मन लाग्छ
आफैँलाई रित्याएर रुन मन लाग्छ
के गरूँ ? कसलाई सुनाऊँ ?
आकाश वास्ता गर्दैन, बतास चासो लिँदैन
मभित्रको तापले कसैलाई पोल्दैन

मभित्र उम्लिरहेको लावा झिक्न मन लाग्छ
निकालेर मनबाट बाहिर पोख्न्न मन लाग्छ
के गरूँ, कहाँ पोखूँ ?
बादल चासो लिँदैन, सागर वास्ता गर्दैन
मभित्रको तापले कसैलाई पोल्दैन