Last modified on 28 जुलाई 2017, at 22:53

तस्बिर र म / विमला तुम्खेवा


मैले —
आफूलाई
प्रतिबिम्बित गरेर
जूनको शालीन साँझमा
तिम्रो तस्बिरलाई हेरेँ

त्यो साँझ
म — बेस्सरी रोएँ
आँसु —
झरी बनेर रुझिरह्यो
तस्बिर

झन्झन् पृथक् लाग्यो
अनुभूतिहरु मौन रहे

र तस्बिर अँगालोमा च्यापेर म,
त्यो रातभर रोइरहेँ ।