भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ताजमहल / साहिर लुधियानवी / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

ताज तिम्रा लागि प्रेमको प्रतिक नै भए पनि
यस सुरम्य ठाउँ प्रति तिमीलाई अगाध श्रद्धा नै भए पनि
                                         मेरी प्रिया, अन्तै कतै भेट्ने गरौँ हामी ।
 
राजदरवारमा गरीवको प्रवेशको के अर्थ ?
राजसी वैभवका चिन्ह टाँसिएका बाटामा
प्रेमले भरिएका मुटुहरू यात्रा गर्नुको के अर्थ ?
 
मेरी प्रिया, प्रेमको विज्ञापनको पर्दा पछिल्तिर
देख्यौ नै होला तिमीले वैभवका अनेक चिन्हहरू
मरेका शासकको चिहानमा रमाउने तिमीले
अँध्यारो आफ्नो छाप्रोलाई एकपल्ट सम्झे हुन्थ्यो बरू।
 
असङ्ख्य मानिसले गरेका छन् प्रेम यो संसारमा
को भन्न सक्छ तिनका भावना पवित्र थिएनन्‌ भनेर,
थिएनन् तर तिनीहरूसँग प्रचारका सरदामहरू
किनभने तिनीहरू पनि हामी जस्तै निर्धन थिए।
स्वेच्छाचारी राजाहरूका महानताका स्तम्भ
यी महल र चिहान, यी किल्ला, यी पर्खाल
दुनियाँको बर्कोमा बुट्टा हान्ने ती रङ हुन्‌
जसमा मिसिएको छ तिम्रा-मेरा पुर्खाको रगत।
 
मेरी प्रिया!तिनीहरूले पनि त गरेथे होलान् प्रेम
जसका हातका कलाले दिए यसलाई सुन्दरता
तिनका प्रेमका चिहानहरू परिचय नपाई हराए
बालेन आजसम्म कसैले एउटा दीयोसमेत तिनमा।
 
यी बगैँचा, यो जमुनाको किनार, यो महल
यी बुट्टेदार ढोका र खोपाहरू, यी मेहराब, यी पर्खाल
एउटा बादशाहले सम्पत्तिको आडमा
हामी गरीबको प्रेमको खिल्लि उडाएको छ।
 
मेरी प्रिया हामी कहीँ अन्तै भेट्ने गरौँ ताज तिम्रा लागि प्रेमको प्रतिक नै भए पनि
यस सुरम्य ठाउँ प्रति तिमीलाई अगाध श्रद्धा नै भए पनि
मेरी प्रिया, हामी कहीँ अन्तै भेट्ने गरौँ।
 
राजदरवारमा गरीवको प्रवेशको के अर्थ ?
राजसी वैभवका चिन्ह टाँसिएका बाटामा
प्रेमले भरिएका मुटुहरू यात्रा गर्नुको के अर्थ ?
 
मेरी प्रिया, प्रेमको विज्ञापनको पर्दा पछिल्तिर
देख्यौ नै होला तिमीले वैभवका अनेक चिन्हहरू
मरेका शासकको चिहानमा रमाउने तिमीले
अँध्यारो आफ्नो छाप्रोलाई एकपल्ट सम्झे हुन्थ्यो बरू।
 
असङ्ख्य मानिसले गरेका छन् प्रेम यो संसारमा
को भन्न सक्छ तिनका भावना पवित्र थिएनन्‌ भनेर,
थिएनन् तर तिनीहरूसँग प्रचारका सरदामहरू
किनभने तिनीहरू पनि हामी जस्तै निर्धन थिए।

स्वेच्छाचारी राजाहरूका महानताका स्तम्भ
यी महल र चिहान, यी किल्ला, यी पर्खाल
दुनियाँको बर्कोमा बुट्टा हान्ने ती रङ हुन्‌
जसमा मिसिएको छ तिम्रा-मेरा पुर्खाको रगत।
 
मेरी प्रिया!तिनीहरूले पनि त गरेथे होलान् प्रेम
जसका हातका कलाले दिए यसलाई सुन्दरता
तिनका प्रेमका चिहानहरू परिचय नपाई हराए
बालेन आजसम्म कसैले एउटा दीयोसमेत तिनमा।
 
यी बगैँचा, यो जमुनाको किनार, यो महल
यी बुट्टेदार ढोका र खोपाहरू, यी मेहराब, यी पर्खाल
एउटा बादशाहले सम्पत्तिको आडमा
हामी गरीबको प्रेमको खिल्लि उडाएको छ।
 
मेरी प्रिया, अन्तै कतै भेट्ने गरौँ हामी ।
 ...................................................................

इस कविता का मूल हिंदी/उर्दू पढ़ने के लिए यहाँ क्लिक करें