भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमीले पनि म जस्तै / भीम विराग

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिमीले पनि म जस्तै माया दिएर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर


सुनसान रातसँगै एकान्त भएर हेर
सुनसान रातसँगै एकान्त भएर हेर
सागरको लहर जस्तै अशान्त भएर हेर
आँसुका थोपा जस्तै भुइँमा खसेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर


पूजाको फूल जस्तै दिनदिन मरेर हेर
पूजाको फूल जस्तै दिनदिन मरेर हेर
ढुङ्गाको मूर्ति जस्तै दोबाटोमा बाँची हेर
छातीमा एउटा घाइते मुटु बोकेर हेर