भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमीले सियोमा धागो हालेको / सुरेन्द्र राना

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


तिमीले सियोमा धागो हालेको
मुस्काउँदै साँझमा टुकी बालेको
याद आउँछ हरपल मलाई
सुस्तरी तिमीले पाइला चालेको

दौरा सुरुवाल मेरो, तिमीले छोएको
ढिलो आउँदा सुँक्क तिमीले रोएको
याद आउँछ हरपल मलाई
ज्वरो आउँदा निधार तिमीले छोएको

घाँस दाउरा गाग्रीमा पानी बोकेको
बोलाउन इसाराले बिस्तारै खोकेको
याद आउँछ हरपल मलाई
आँसु झार्दै तगारोमा तिमीले रोकेको