भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी भन्छ्यौ भने / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिमी भन्छ्यौ भने पिउँदिनँ म
भो' भो' भै' गयो लौ जिउँदिनँ म

छेउमा नआऊ टाढै बस तिमी
कुनै स्पर्शले म निको हुन्न पनि
गहिरिई नै रहुन् मेरा सबै घाउ
कुनै हेराइले सिउँदिनँ म

कठिन पूरै यात्रा हरेक मोडमा चोट
पाइलैपिच्छे लगायो दुनियाँले खोट
तिमी जे गर, फेरि आऊ या नआऊ
मरी गएँ भने फर्की आउँदिनँ म