भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
तिमी हुनुको (अंश - १५) / इन्दिरा प्रसाई
Kavita Kosh से
मुस्कानको कुटिल अर्थमा
ओठमा लहलहाएको बाली हेर्छु
बिष फुलेको
कालकुट फलेको
देख्छु/भोग्छु
र म खुसीसँग
बरू भागिदिन्छु ।
एक मुठी ज्यानको माया
एउटा त्यान्द्रो आशासँग
साँचेर भए पनि
बाँच्नै मन लाग्दोरहेछ ।
तिमी हुनुको वितृष्णामा
आत्महत्या आफन्त हुन सक्थ्यो
तर म जीवनसँग
भाग्न सकिनँ
आफूलाई छोड्न सकिन ।