भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी हुनुको (अंश - १८) / इन्दिरा प्रसाई

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिम्रो छाया कुदिरहेछ
पछि छु म
या अघि छु
अर्थात् त्यो छाया
कसको हो ?

पट्ट्याएर राखेको
मनको तहलाई
तिमीले लात्तले हान्यौ
हिजोआज
मिलाउँदै छु आफैँलाई
कच्याककुचुक भएछन्
कतिपय थिचिएका जति ।

जलप हालेर आँखामा
हेर्दै छौ मेरो अनुहारभरि
भेट्यौ के देख्यौ
अथवा त्यो
आफैँसँग छल थियो

तिमीले तिमीसँग ।