Last modified on 16 फ़रवरी 2022, at 16:57

तिमी हुनुको (अंश - २३) / इन्दिरा प्रसाई

औँलाका कापमा
लुकाएकी छु तिमीलाई
दन्त्यकथाको राक्षसजस्तै
आउँदै छन् उनीहरू ।

स्फटिकका खम्बामा
तिम्रो आयु साटेर
म राक्षससँग प्रेम गर्दै छु ।

कालान्तरमा तिम्रै धारले
म रेटिएछु
अहिले हत्केलामा
मेरो स्वत्व उभ्याएर
जादु देखाउँदै छौ तिमी ।

मसँग बम पनि छैन
तर मैले हारेको पनि छैन ।

यसपछि प्रतिशोधको
घण्टी निरन्तर बजिरह्यो ।