विशाल ताल देखेर
भतभती पोलेको 
देह बिसाउन
त्यसै बेला हाम फालेँ मैले
पानीको तर लागेजस्तो 
तर त्यो आगाको मुस्लो रहेछ । 
उड्दै छु 
सल्कँदै छु 
तर पनि अझै 
साँच्दै छु आफूलाई । 
तिम्रा काला आँखामा देखिएका 
राता डोराको दोष थियो 
अथवा गुलाफी ओठमा 
थरथराएको सङ्गीतको अर्थ ?