Last modified on 16 फ़रवरी 2022, at 16:31

तिमी हुनुको (अंश - ४) / इन्दिरा प्रसाई

आकाशमा घाम कृष्ण
जून पनि कृष्ण
र ताराहरू
गोपिनीको भाकामा
कहिले लुक्छन्
इतरिएर भाग्छन् पनि
रासलीला भइरहेछ ।

बादलका फूलहरू
फुल्छन्/फक्रन्छन्
झर्छन्/मर्छन् ।

कहिले समुद्रजस्तो
कहिले खोला
नीलो दहजस्तो कहिले
रूप सजाउनुजस्तो ।

तिम्रो माया इन्द्रधनुष ।