तिम्रो सौन्दर्यले घायल छु, तिम्रो सौन्दर्यको कायल छु 
सौन्दर्यको म पुजारी, तिम्रो सौन्दर्य नै पुज्दछु 
मुहारको सौन्दर्य चाहन्न, सुन्दरता शरीरमा खोज्दिनँ
हृदयले नै म हेर्दछु, अनेकअनेक म खोज्दिनँ 
स्पर्श मलाई चाहिन्न, आभासले नै म झुम्दछु 
सौन्दर्यको म पुजारी, तिम्रो सौन्दर्य नै पुज्दछु 
जहाँसुकै नै रहु तिमी, म साथ तिम्रो खोज्दिनँ 
तिमी हुनु नै मनग्य छ, अरू म केही खोज्दिनँ 
नजीक आउनु पर्दैन, मेरा कल्पनाले चुम्दछु 
सौन्दर्यको म पुजारी, तिम्रो सौन्दर्य नै पुज्दछु