भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दम्पतिको प्रेमटक्कर / सोमनाथ शर्मा सिग्द्याल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


पति
प्रेम गराई खुद्रा किन लिन्छयौ मानको मुद्रा ?
देऊ दाग दवाई प्यारी १ मुखचन्द्र चाँदनी छाई ।।१।।

दम्
विधुविंव दिशाविदिशा उदाउँदा ! दिनसमान हुन्छ निशा ।
क्या हो सफाइ आज ! प्राप्त भयो तव त मानको ताज ।।२।।

पति
के पर्नगई धक्का कोमल दिल खुंचियेछ त्यो पक्का ?
तब अघिदेखि अडेकै प्रेम-प्रतिमा पनी छ बाहेकै ।।३।।

दम्
देखिन्न जहाँ सीमा चौराहसरी विशाल छातीमा ।
उसको बराबर गरी यति छोटो चित्तमा अडोस् कसरी ? ।।४।।

पति
कालो बादललाई मुखमा वर्षातले सक्यो छाई ।
अझ तिम्रो मानसमा क्रीडा पाउन्न हंस यो रसमा ।।५।।

दम्
शारद कमलकलीकवो मण्डपवरिपरि देखिन्छ नगरीको ।
अब मत्त हंस यतिको टाढा दौडनु मनाउँदै ननिको ।।६।।

पति
उपहार गरें यसरी मनभरका प्रेमका गठरो ।
पाउन्न किन स्नेही टेढो टक्को कुना पनी केही ।।७।।

दम्
के लाभ हुन्छ मनको अर्पण विनकाम चाहने जनको ?
स्वार्थ भई प्रतिपक्ष व्यर्थ गयो नयन कोटिको लक्ष्य ।।८।।

पति
रहँदैन चित्त तहमा डुव्नथयो विरहसिन्धुको रह्मा ।
अब केवल शरण तिमी शिरले टेकी रहेछु जिमी ।।९।।

दम्
तालु शुक्यो अब खाली बोल्दछु यो दन्त ओष्ठ वा चाली ।
हो हुन लागें शरण प्राप्त हुने हो कि वा यसै मरण ? ।।१०।।

पति
देख्छु मुहार रसीलो कर्णालङ्कार खुल्छ गहकीलो ।
स्तनमा झुल्दछ हार प्यार गरी पाइँदैन नी पार ।।११।।

दम्
मुख ढाक्तछ रसधार श्रवणभरी छन् सुवर्णका भार ।
धारी रहेछु हार स्थिर छातीमा अहो ! ममा प्यार ।।१२।।

पति
नहक ताम दिलाई त्यो कोमल हृदयपद्य पैलाई ।
गर्दा पनी निकाला भ्रमर प्रेमी कठै ! कहाँ जाला ? ।।१३।।

दम्
नवरस लुव्ध फिरन्ता मधुकरको ख्रातिरी झन् ता ।
गर्छन् ठेलम्ठेला कलिका कुञ्जैपिछे भई भेला ।।१४।।

पति
काँढा गडी मदनका उठेर विरहाग्निका दनका ।
पाउन्नँ होस फेरी किन छेड्नू वचन-वाणले घेरी ।।१५।।

दम्
प्रेमी जनका जोडाबिच कण्टक हुन्छ मुख फोडा ।
तर हो सुख वेखढका लाग्दैन स्वादमा तडका ।।१६।।

पति
निर्मल दिलमा टल्की झुल्थें पलपल नयाँ नयाँ झल्की ।
मलिन स्थलको दागी भयेर फेरी भयेछु अब बागी ।।१७।।

दम्
संसर्गले मलिनको दागविना के दिलाउला जनको ?
मिल्दैछन् तेजीला चूडामणि तुल्य भाग्यका कीला ? ।।१८।।

पति
जो गर्नुपर्छ शिक्षा गर पाऊँ प्रेमको भिक्षा ।
घर शून्य लाग्छ यसरी चित्त बुझाई यहाँ रहूँ कसरी ।।१९।।

दम्
भिक्षा हुँदैन घरमा घुम्नु छ शिक्षा पराइका भरमा ।
निःसार गृह त्याथी विरक्त हुन्छन् प्रमोदका भागी ।।२०।।



(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)