भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दुई मुस्कान / राजेन्द्र थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

१. नेताको मुस्कान

उनीहरू जैले नि हाम्रो सामु आउँदा, डराउँदै हाँस्छन् मुसुक्क
अनि प्याकेटबाट झिकेर रेडिमेड मुस्कान, ओठमा टाँस्छन् लुसुक्क
मुस्काने पुलाउको सुगन्धले भोका जनता जब चिच्याउँछन् जिन्दावाद
जनता जिन्दावाद भनी हाँस्दै मुसुक्क, उनीहरू भाग्छन् खुसुक्क

२. जनताको मुस्कान

अक्करे भीरमा गिरिँदा नि, ओठमा मुस्कानको थुप्रोथुप्रो
अरने झीरमा झिरिँदा नि, आँखामा मुस्कानको थुप्रोथुप्रो
हरेक पटक नयाँ-नयाँ नाठोसँग पोइल जाँदाजाँदा
आजभोलि नेपाली मुस्कान नै भैसकेको छ झुत्रोझुत्रो ।