Last modified on 31 मई 2020, at 10:50

देशको सबभन्दा ठूलो ठग को हो ? / राजव


जनतालाई थाहा छैन
सामान्यज्ञानमा उल्लेख छैन
म प्रश्न सोध्दै
जवाफ माग्दै
हिँडिरहेछु

देशको सबभन्दा ठूलो ठग को हो ?
कसैलाई थाहा छैन

त्यही अज्ञात ठगले
देशमा राज गरेको छ
कसैलाई थाहा छैन