भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

धरतीको नापजोख/ मनप्रसाद सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


धरतीको खास उँचाइ कति छ
यो कुरो
पर्वतारोहीको ब्यारोमिटर/अल्टिमिटरलाई होइन
तर अग्लो रुखको टुप्पोसम्म चढेर
हाँगाबिँगा छाँस्ने त्यो गोठालोलाई थाह छ
या त घरको धुरीमा चढेर
चुहुने छानो टाल्ने त्यो हिमालधोजलाई थाह छ ।

पृथ्वीको गोलाइ कति होला
यो कुरो त्यै हिमालधोजकी स्वास्नीलाई थाह छ
जसलाई छोराको आशामा फेरि चौंथो पटक
विशाल पेट बोक्न कर लगाइएकोछ ।

धरतीको ओजन चैं कति छ?
यो कुरो जान्नु हो भने
लत्रिएको टाउको थामिरहेको
कुनै हत्केलालाई हेरे हुन्छ ।