धर्तीको एउटा कुना र मान्छे / विमला तुम्खेवा
एक साँझ
मलिन अनुहारहरु
बगिरहेको धमिलो बाढी नियाल्दै
हतास थिए ...
जीवन —
अविश्वास भएर वर्तमानमा छताछुल्ल पोखिएको छ
साँझ रोदीघरको बलेंसीबाट
विरक्तीको आत्मकथा गाइने गर्छ
रम त्यो साँझसँगै
आफ्नो भन्नु अनुभूतिबाट
आफू बलात्कृत भएको पाउँछु
एउटा रमाइलो साँझको आगमन —
जीवन –
दुखिरहेको बखत
विश्वासको खडेरीबाट
मात्र मैले बुझ्न सकेँ मेरा दुःखहरुलाई ।
धेरैअघि
तिमी जो मसँग
आस्थाको कुरा ुनगुनाउँथ्यौ
र —
म चूपचाप–चूपचाप सुनिरह तिम्रा शब्दहरुलाई
धेरैअघि
तिमी जो मसँग
जीवनको कुरा गुनगुनाउथ्यौ
र —
म सोचिरहन्थेँ मान्छेका वर्तमान दुःखहरुलाई
प्रत्येक समय
जीवनदेखि टाढा हुँदैँ बाँचिरहेका हामी
आफ्नो ... ... ...
पराई ... ... ...
नजिक ... ... ...
टाढा ... भ्रम हो कि !
आजको साँझ बगिरहेछ नजिकै ......
उही पुरानो चालमा
उही पुरानो तालमा
एउटा असारे बाढी र बाढीसँगै बगिरहेछन्
हाम्रा प्रेमहरु / हाम्रf विचारहरु र हाम्रा चाहनाका अस्तित्वहरु ।