Last modified on 27 मार्च 2018, at 21:33

धारणा / कल्पना सिँह-चिटनिस / सुमन पोखरेल

ऐना हेरें मैले
र संसारलाई आफ्ना आँखामा तैरिरहेको भेट्टाएँ ।
 
मैले विश्वको स्वादलाई
आफ्ना ओठहरूबाट ग्रहण गरें ।
 
आफूलाई खोज्न बाहिर निस्किएँ
र ब्रह्माण्डलाई आफैँभित्र लुकिरहेको पाएँ ।
 
तर आफूलाई भने त्यहाँ देखिनँ
र आश्चार्यचकित भएँ ।
 
एक्कासी एउटा भँगेरो आएर
मेरो निधारमा ढक्ढक्यायो,
 
म फुटन थालेँ
टुसाउँदै गरेको वीजको बाहिरी पत्र झैँ...
 
एउटा हरियो तीखो गन्धले भिजायो मलाई ।
 
अनुभूत गरेँ
भर्खरै मात्र जन्मिएछु म त
जीवनप्रतिको नयाँ धारणाले भरिएर ।