भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

धारिलो छ तरबार / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


धारिलो छ तरबार आँखै अगाडि
प्रियको छ उपहार आँखै अगाडि
 
जिन्दगी छैन कतै टाढाटाढासम्म
मृत्युको छ समाचार आँखै अगाडि
 
उर्लेको भेल छ खडेरी प्रदेशमा
बैँसको छ अभिसार आँखै अगाडि
 
मन्दिर टुँडालतिर छैनन् परेवा कतै
सधैँको छ काटमार आँखै अगाडि
 
खालीखाली छ सिंहासन मनको
ढलेको छ सरकार आँखै अगाडि।