भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

धोका खाएर आँखाको / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

 
धोका खाएर आँखाको सपनासँगै भत्किएँ
खेलौना भएर मायाको भावनासँगै भत्किएँ

अनुरागको फूल चुमी एक्लोपनको काँढा मासेँ
बादल छायो विछोडको चोटको वर्षामा भिजेँ
पैह्रो भएर खुशीको यौवन सँगै भत्किएँ

विश्वासको जग हाली आकाङ्क्षाको महल बनाएँ
हुरी चल्यो सन्देहको घातहरूका भूकम्प आए
खण्डहर भएर रहरको जीवनसँगै भत्किएँ