भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

धोखा / धुस्वाँ साय्‌मी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिमी
दिन्छौ धोखा
सदा मलाई
धोखा खानु
मेरो आदत हो
तर मलाई
चोट लाग्दछ
त्यससमय
जब तिमी दिन्छौ
धोखा
गलत ढङ्गबाट
सही बाटो
तिमी जान्दैनौ कहिल्यै ।
बस्यस्तो गर्नुमा तिमी
आफू सदा धोखा खान्छौ
तिमीमाथि
दया जाग्दछ
र, म
क्रोधको अतिरिक्त
तिमीमाथि
करुणा पोख्दछु
तर पनि
सदा मलाई
धोखा दिन्छौ तिमी ।