भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नदीसँग पहाडको अनन्त छ मेल / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पहाड

नदीसँग पहाडको अनन्त छ मेल
मैले सङ्लो माया दिए नदी हुन्न भेल
दुःख लाग्छ बिर्सनेले लाँदा प्वाँख चुँडी

कैलेकाहीँ बहकिन्छु बतासमा उँडी
 
ढल्न कहाँ सक्छु र म चाहे पनि ढल्न
बिलाएर कुहिरोभित्रै सक्दिन म छल्न
पहरे हुँ पहरामा बस्छु छाती थापी
जे-जे आउँछ जिन्दगीमा त्यसकै बर्को खापी
 
नदी दिन्छ सातै रङ्ग इन्द्रेणीमा जडी
खुसी आउला वसन्तको पालुवामा चढी
खोला पनि फर्कन्छ रे एक युग बितेपछि
फर्कन्छ कि युग एउटा नयाँ गीत रची ।