नबोलाऊ कसैलाई यहाँ राति राति
होशमा हुँदैनन् कोही राति राति
गन्दैन एक्लो जूनलाई कसैले
तारा गन्ने चलन यहाँ राति राति
हुँदैन जसको बिपना नै आफ्नो
आउँदैन सपना पनि राति राति
उज्यालोमा बदनाम आँखाहरू हुन्छ
नहुने के रैछ यहाँ राति राति
दिनभरि खाएँ तिमीसँग कसम
लड्खडाउँदै आएँ सधैँ राति राति