भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पराधीनता / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बाँधिएर व्यवधानहरूमा
थुनिएर बन्धनहरूका बीच
लुकाएर पखेटाहरू
निभाएर रहरहरूलाई
नबस,
नबस सधैँभरि खुम्चिएर ।

नठान कमजोर आफूलाई
स्वीकार गर आफ्नो सामर्थ्य
र भेट्टाऊ तिमी आफूलाई ।

फुटाएर साँचो
भत्काएर तारबार
फुत्क बाहिर स्वतन्त्र

उक्ल आफ्नो सामर्थ्यको अन्तिम खुड्किलासम्म
उड आफ्नो स्वको सम्पूर्ण आकाशभरि !

निस्क लघुताको भ्रमबाट
च्यात संरक्षण नामको अनन्त दासताको बोक्रो
चुँडाऊ घातक बन्धनहरूलाई
र त्यागेर तमाम पराधीन ओतहरूलाई
बाँच सधैँका लागि आफू भएर ।