परालसँग सङ्घर्ष / मदन रेग्मी
छाम्दाछाम्दै जीवन, सम्पूर्ण वर्षका औँलाहरूले पनि
सित्तै फर्कनुपर्छ
मासिएको ओथारे फुलको खोस्टो बोकेर ।
दिन बित्छ यसरी नै वर्षौं
उमेरपछि उमेर गाभिएर
एक अझ गरुङ्गो उमेरहरूको
तैपनि बेवारिसी सुल्भि्कन सक्दैन
वारिसमा दिएको छैन मैले, आँखा फुटाएकी आमा
या माटो लङ्गडो उखेलेको घाँसहरूजस्तै निश्चल पाटाहरूमा
बेवारिसी सुल्झन सकेन- वारिसहरू कीरैकीरा घाँटीमा
मेरो आँसु तिनका कणाहरूमा,
बेवारिसी सुल्भि्कन सकेन- तिम्रा मासुका बेराइ आँधीहरूमा
श्राप दिन्छ युग सजायको मुटु
तैपनि बेवारिसी सुल्झन सक्दैन
फगत कीराहरू हाँस्छन् घाँटीहरूमा ।
वर्षलाई छाड्दै आएका वर्षहरू साथ छन्
साथ उजाड अग्लाइ
जहाँ कामसम्म आत्महत्यामा तुर्लुङ्गिएका छन्
र मुन्तिर तापक्रम हराइसकेका मथने गाभेर साथ छन्
यी थेग्रा,
झारपात र मुटुको ढुकढुकी,
दिनको उज्यालोका विरुद्ध
त्यो अँध्यारो सूर्य झुन्डिएको इन्द्रेनीबाट
मेरो कोठामा चियाइरहन्छ
सुल्भि्कन सक्दैन तैपनि
यी अनन्त चुच्चाका ठेलाहरू
सर्वाङ्ग अस्तित्वमा गाभिसकेका
दिन यहाँ सधैँ अस्ताएको छ
मेरो उमेरका विरुद्ध ।
यो आँपको कोया हो मृतहरूले छाडेर गएका
त्यसैले चुसेको छु यसलाई स्वादहीन भए पनि
छाम्दाछाम्दै जीवन सम्पूर्ण वर्षका औँलाहरूले
पनि सित्तै फर्कनुपर्छ
मासिएको ओथारे फुलको खोस्टा बोकेर,
भूइँमुनि श्वास थुनिएको छ,
भर्खर जन्मेको बच्चाले आगो खायो
र आगोले यसलाई
कताका विभ्रान्त जिब्रा र बोली चिर्कामा विश्राम
सबै यहाँ भन्छन्, तर त्यो बच्चाले जस्तो पाठेघरभित्रको
(यहाँ कसैको देश र घरबार हुन सक्दैन)
यी घरहरू घर हुन सकेनन्
यो देश, देश हुन सकेन
खालि, हो भन्ने विश्वासमा तैपनि पासो हालेर
यो दूधे गिदी जब-जब मुर्छिन्छ!
म मुटुको ढुकढुकीद्वारा
त्यो कालो भकुन्डोलाई फेरि पर फाल्छु,
त्यो दिन सधैँ अस्ताएको मेरो उमेरका विरुद्ध
कालो दिन दुख्छ मेरो खुट्टाको श्वाससँगै
मेरो बूढी दुब्लाएकी विश्व, यो अस्ताएको सूर्य
अटाउन सक्दैन, मेरो कोठा झुन्डिएको सिलिङका कीला
जहाँबाट सिर्किंदै जान्छन् रगतका बेवारिसी थोपाहरू
र सँगै रङ्गीन फिँजहरू बाढीका तरङ्गहरूमा
तैपनि बेवारिसी सुल्भि्कन सक्दैन
फगत हाँस्छन्, वारिसहरू कीरैकीरा घाँटीमा ।