पहाडको पल्लोपटि / कल्पना सिँह-चिटनिस / सुमन पोखरेल
आज वर्षौँपछि
उसलाई केही खान मन लागेको थिएन,
भित्रको कुनै टुक्रा मरेकोले हैन
उसको भोक हराएको थियो आज
एउटा पहाडको पल्लोपटि
एउटा हरियो फाँटमा,
अँजुलीमा उठाएर पिएथ्यो उसले शित,
पातमा रोकिएका आँशु,
शीत, मानौ उसका आँखाका बसेका निष्पाप सपना,
जसमा थिएनन् उदाशीका खरानी,
न अविश्वासका धूँवा थिए,
न त सपनाका रगतहरू नै ।
आकाशतिर हात फैलाएर
वनका बुट्यानहरूमा आधा फक्रेका सपना,
कोपिलाहरूमा भोलीको बिहान,
र जङ्गलका जराहरूको सुदृढता
मानौँ सबै उसका आफ्नै थिए ।
मरियमको काखझैँ धर्तीको अँगालो,
उसलाई अनुभूत भइरहेथ्यो हरक्षण,
आफ्नो सम्पूर्ण शरीरमा प्रवाहित भइरहेको जीवन,
भन्न सक्षम भएको छ ऊ आज
पहाडको पल्लोपटी
किन मर्छन् जङ्गल ।
शीत चाटने बित्तिक्कै
किन हुन्छन् मान्छे नीलाम्य ।
पल्लोपटी,
पहाडको पल्लोपटी ।