Last modified on 16 फ़रवरी 2022, at 15:32

पहाडहरूको पहाड / क्षेत्रप्रताप अधिकारी

यी पहाडहरूको, पहाडको फेदीमा
केही आस्था थप्छु
केही भरोसा गर्छु
थुम्का-थुम्कीसँगसँगै
गामबेसी उठेको अनुभव गर्छु
यो रमाइलो क्षणमा
बीसासय जीवन गाउँछु पहाडको
मङ्गल गाउँछु पहाडको
प्रसिद्ध भैरहोस् पहाड
प्रशस्त भैरहोस् गामबेसी ।