भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पहाड झुक्नुपर्छ / दिनेश अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पहाड झुक्नुपर्छ आँधी रोक्नुपर्छ
हामी युवा जुटेपछि काँडा फुल्नुपर्छ

पहराको शक्ति खेल्छ हाम्रो नसा नसामा
पहराको माया हुन्छ हाम्रो चौडा छातीमा
जहाँ हामी टेक्छौं त्यहीं मोती फुल्नुपर्छ
जहाँ हामी जान्छौं त्यहीं घाम लाग्नुपर्छ

सिंगो धरती हाम्रो नै हो हामीसँग छैन के
हिंडेपछि भीर पनि मुलबाटो बन्छ रे
आऔं अब पानीबाट आगो झिक्नुपर्छ
जताततै निर्माणको ढोका खोल्नुपर्छ

शब्द – दिनेश अधिकारी
स्वर – दिवाकर खड्का, राम थापा
संगीत – राम थापा