भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पहिलेपहिले कुरा गराइ / किरण खरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पहिले पहिले कुरा गराइ अनि लजाइ मिठो लाग्यो
उसको हँसाइ अनि पछि आँखा तराइ मिठो लाग्यो
अलिअलि गर्दै उसको सारा कुरा मीठो लाग्यो
पहिले पहिले कुरा गराइ अनि लजाइ मिठो लाग्यो

पहिले खालि साथी भनी अनि मिल्ने साथी भनी
कहिले कहिले झुक्किएर उसले मायालु नै भनी
त्यो रुन्चीको डराईडराई माया गराइ मिठो लाग्यो
अलिअलि गर्दै उसको सारा कुरा मीठो लाग्यो
पहिले पहिले कुरा गराइ अनि लजाइ मिठो लाग्यो

यति नगिच आइसकी सबै कुरा मलाई भन्छे
मेरो सामु रोइदिन्छे माया भने होइन भन्छे
त्यो रुन्चीको हराईहराई आँसु झराइ मिठो लाग्यो
अलिअलि गर्दै उसको सारा कुरा मीठो लाग्यो
पहिले पहिले कुरा गराइ अनि लजाइ मिठो लाग्यो