भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पित्तलका फूल / आद्याशा दास / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जेसुकै राख मेरो नाम
जुनसुकै भूमिका देऊ मलाई
जेजे मन लाग्छ, सोध;
समर्पित गरिसकेकी छु आफूलाई मैले
तिम्रो प्रेमको अन्धभक्तिमा,
त्यो
चाहे सेतो होस् वा पहेँलो ।

जुनसुकै रङ्ग छानिदेऊ
तिम्रो तत्कालको ईच्छा अनुसार,
पहिरिने छु म एकचित्तले
गहिरो लगनका साथ ।

शरीर या मस्तिस्क
सोचहरू या स्पर्श
तिमी नै छान रातका लागि,
छोपिनेछु त्यसैमा म
पूर्ण स्वतन्त्र भएर ।

के तिमीले अनुभव गरेनौँ ?
चाहे तिमी मलाई आफ्नो बगैँचाको ताजा फूल बनाऊ
या आफूले धारण गरेको पेपरवेटको
भावावेशले पग्लिने पित्तलको फूल बनाऊ
तयार रहेकी हुन्छु म जहिल्यै पनि ।

खोज्नु छैन मलाई बाहिर निस्कने ठाउँ
यो एकतर्फी बाटोको यात्राबाट ।