भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पीडाको सौन्दर्य / शारदा शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


तीब्र कुण्ठाको अँध्यारो गुफा जस्तो जीवनमा
बटुलेर विशुद्ध उल्लासका उज्याला आलम्व
प्रेमले घृणा पोत्छु
मायाले घात छेक्छु
छियाछिया भएको घाइते हृदयले
म नित्य तिम्रा निम्ति
नवीन खुसीका कविता लेख्छु।